नेपाल अडिटर्स एशोसिएशन (अडान) काे १७ औं स्थापना दिवस, विभिन्न कार्यक्रम गरी सम्पन्न
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | २०:०६:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले १७ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सोही दिन काठमाडाैँमा रक्तदान, नेपाल लेखामान (NFRS for SMEs, MEs, NPOs), मौद्रिक नीति २०७९, हालै कर तथा कर विवरणमा भएका परिवर्तनका शेसनहरु संचालन भएको थियो ।
अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा संचालित सो शेसनहरुमध्ये नेपाल लेखामान शेसनको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाश जंग थापा, मौद्रीक नीति शेसनको अध्यक्षता नेपाल राष्ट्रबैंकका संचालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए ।
नेपाल लेखामान (NFRS for SMEs, MEs, NPOs) शेसनमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यपत्र माथि एक्यानका अध्यक्ष दिपक पाण्डे, FNCCI राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिव पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी गरेका थिए ।
एन.एफ.आर.एस. वारे जनचेतना नपुगेको समन्वय नभएको, लागु गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई., एमई को सीमामा पुनर्विचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरु लागु भैसकेकोले नेपालमा पनि गर्नुपर्ने बताईएको थियो ।
१७ औं अडान डे को अवसरमा महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल) को प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्ले, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक कुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, आन्तरिक राजश्व विभागका उप महानिर्देशक अजुर्न प्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईले गरेका थिए । साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष भाष्कर सिंह लाला र उपाध्यक्ष सुजन कुमार काफ्ले लाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सोहि दिन काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमाला प्रमुख अतिथी टंकमणि शर्मा (दङ्गाल), अडान केन्द्रीय कार्यसमितिका अध्यक्ष केदारनाथ पौडेल र काठमाडौं जिल्ला कार्यसमतिका अध्यक्ष पूर्ण बहादुर चन्दले बिमोचन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रसुवामा बाढीले क्षति पुर्याएका भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने
- देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
- साउनमा नारीहरूकाे नाडीमा हरियाे चुरा देखिएजस्तै शेयरबजारकाे ड्यासबाेर्डमा पनि हरियाली
- गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल
- साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
- आज साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालुहरुको घुइँचो
- पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका
- रूपन्देही–३ मा यस्ताे छ उपनिर्वाचनकाे कार्यतालिका
- नेप्सेमा २१ अर्ब ४६ करोडकाे काराेबार
- आज संघीय संसद्का विभिन्न पाँच समितिको बैठक बस्दै
प्रतिकृया दिनुहोस