आज संघीय संसद्का विभिन्न पाँच समितिको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- ४ श्रावण आइतबार, २०८२ | ०७:२१:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ ।
निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०/८१) माथि’ छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिमिा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उकालै उकालाे लाग्दै शेयरबजार
- बाँदर र बँदेल हेर्न पारिश्रमिकसहित २० जना 'हेरालु' नियुक्त,
- रसुवामा बाढीले क्षति पुर्याएका भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने
- देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न
- साउनमा नारीहरूकाे नाडीमा हरियाे चुरा देखिएजस्तै शेयरबजारकाे ड्यासबाेर्डमा पनि हरियाली
- गिरीकाे कारबाही फिर्ता माग गर्दै लिङ्देनलाई कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुको सामुहिक अपिल
- साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
- आज साउनको पहिलो सोमबार पशुपतिमा श्रद्धालुहरुको घुइँचो
- पर्यटन प्रवर्द्धनकाे खाेजीमा सुनापति गाउँपालिका
- रूपन्देही–३ मा यस्ताे छ उपनिर्वाचनकाे कार्यतालिका
प्रतिकृया दिनुहोस