लगनखेलकाे मञ्जुश्री पेट्राेल पम्पमा महानगरकाे सील, मापदण्ड विपरीत
- गाउँ सहर संवाददाता
- २६ भदौ आइतबार, २०७९ | १५:३२:०० मा प्रकाशित

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केहीबेर अगाडि सिल गरेर भत्काउने प्रक्रिया थालिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । डोजर लगाउँदा पेट्रोल पम्पमा आगलागीको जोखिम हुने भएकाले हातले नै भत्काउन थालिएको उनले बताए ।
महानगरकै जग्गामा मापदण्ड विपरीत बनाइएकाे पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियानअन्तर्गत यो पेट्रोल पम्प पनि हटाउन थालिएको उनले बताए ।
महानगरका मेयर चिरीबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराएपछि भत्काउन सुरु गरिएको हो । मापदण्ड विपरीत बनाइएको यो पेट्रोल पम्प सञ्चालनमा रहेको संरचना हटाउनका लागि महानगरले पटक–पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महागर आफैँले भत्काउन थालेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
- नेपाल राष्ट्रिय मगर संघको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन
- चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
प्रतिकृया दिनुहोस