भायानेटले ल्यायो आकर्षक दशैँ अफर, भायानेटका अल्ट्रा-फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने
- गाउँ सहर संवाददाता
- २७ भदौ सोमबार, २०७९ | ०८:१६:०० मा प्रकाशित
काठमाडौं । आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ ।
यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बकिन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।
यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिन्छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् ।
यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपाेजिट शुल्क मात्र जम्मा गरे पुग्छ । ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.ए राउटरको लागि रु. १५०० डिपाेजिट गर्नुपर्नेछ ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको जनाएकाे छ ।
साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभि पनि उपलब्ध गराएको छ। यसरी भायाटिभि लिँदा ग्राहकले पहिलाे सेट-टप बक्स मात्र रु. ५०० डिपाेजिट गरी प्राप्त गर्न सक्नेछन् ।
भायानेटको अल्ट्रा-फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभि प्याकेज मध्ये पर्दछन् । उच्च गतिकाे इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको छ । अहिले चलिरहेको अल्ट्रा-फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टिभिका विभिन्न प्याकेजबाट छान्न पाउने सुवधिा दिएको छ ।
थ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
प्रतिकृया दिनुहोस