प्रथम वडाध्यक्ष रनिङ शिल्ड फुटबलका आजका खेलबाट १० टिम अघिल्लो चरणमा
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | २१:५१:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी स्थित बसन्त गौचन फुटबल एकेडेमीको मैदानमा असोज १० गतेदेखि जारी वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिताका आजका खेलबाट १० टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा स्थानीय बगादी युवा क्लवको संयोजनमा भएको प्रतियोगितामा आज सम्पन्न भएका १० खेलबाट बी १३, कालीमाटी, तुलाचन एफ सी, गन्नी एफ सी, पोखरा–२६ विजयपुर, मिलन टोल, हिमाल एण्ड रक्षा मेमोरियल, शिसुवा, बगादी युवा क्लव र एभिन एफ सी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिता १४असोजसम्म चल्ने बताइएको छ ।
युवा वर्गलाई खेलक्षेत्रमा संलग्न गराई स्थानीय क्षेत्रमा खेलकुदको प्रर्वद्धन, विकास एवं खेल पर्यटनमा समेत टेवा पु-याउने उद्धेश्य रहेको क्लवका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए ।
अघिल्लो दिन वर्षाले केही समय अवरोध गरेपनि आज निर्बाध रुपमा खेलहरु सम्पन्न भएका खेल संयोजक जितेन्द्र क्षेत्रीले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस