राप्रपा नेतृत्वद्वारा समानुपातिकमा ३२ वटा जिल्लालाई निषेध, व्यापक विराेध
- गाउँ सहर संवाददाता
- २५ असोज मंगलबार, २०७९ | ११:२९:०० मा प्रकाशित

काठमाडाैँ । राप्रपाले संघीय संसदको लागि बुझाएको समानुपातिक सूचीलाई लिएर व्यापक विरोधका स्वरहरु उठन थालेका छन् । आफू निकटका लागि मात्र अध्यक्षले मौका दिएको केन्द्रीय सदस्यहरूकाे आराेप छ । अध्यक्षका निकट नरहेका तथा पार्टीमा फरक मत राख्नेलाई निषेध गरेको भन्दै आगामी दिनमा यसको मूल्य अध्यक्षले चुकाउनु पर्ने उनीहरूले बताएका छन् ।
व्यक्ति मात्र हैन समानुपातिकमा ३२ वटा जिल्लालाई नै निषेध गरिएको छ । ४५ वटा जिल्लाबाट मात्र नाम समावेश गरिएको छ । यसले राप्रपाको समावेशी चरित्र माथिनै प्रश्न उठेको समेत चर्चा चलेको छ । यो केटाकेटी ढंगले अध्यक्षले निर्णय गरेकाे केन्द्रीय सदस्यहरूले बताएका छन । ३२ वटा जिल्लालाई नै बाहिर राखेपछि कसरी मत आउँछ ? एक केन्द्रीय सदस्यले बताए ।
यसैगरि प्रत्यक्ष तर्फपनि एमालेसंग गठबन्धन गर्दा अध्यक्षले आफूमात्र सुरक्षित हुन खोजेको आरोप लाग्न थालेको छ । पार्टीका वरिष्ठ नेताहरु विक्रम पान्डे, ध्रुव वा प्रधान, कुन्ति कुमारी शाही, रबीन्द्र मिश्र लगायतलाई गठबन्धन गराएर चुनाव उठाउने पर्ने पार्टीमा छलफल भइरहे पनि अन्तिममा अध्यक्षले आफू धवल शमशेर राणा र दिपक वोहराको पक्षमा मात्र निर्णय गराएको भन्दै कार्यकर्ताहरुमा गुनासो बढन थालेको देखिन्छ ।
यो सन्दर्भमा हामीले कुरा गर्दा राप्रपा केस जनक राज पाठक भन्छन्- "हामी यतिबेला निर्वाचनमा प्रवेश गरिसकेका छौँ । कमी, कमजोरी भए होलान तर छलफल गर्ने उपयुक्त समय हाल हाेइन ।"
पार्टी निर्वाचनमा होमिइसकेकोले अहिले यस्ता विषयमा चर्चा गर्न नहुने तर निर्वाचनपछिको केन्द्रीय समितिको बैठकले सबै हिसाब किताब गर्ने पार्टीका साहायक महामन्त्री प्रेम वलायर बताउँछन् ।
राप्रपाको समानुपातिक ११० जनाको सूचीमा १) काठमाडाैँ- १४ राजेन्द्र प्रसाद श्रेष्ठ, ज्ञानेन्द्र लामा, गोबिन्द प्रसाद श्रेष्ठ, बिनिता मगैया अजेलिया, रन्जितकार बेटि बज्राचार्य, सबिना राजभण्डारी, डिक बहादुर थापा, अन्जना शाह रावल, बिन्दा गिरि, मिना सुवेदी, कर्भिका थापा, सरला बि. क. निरुपमा यादव २) बांके- १० पबित्रा कुमारी लिम्बु , प्रेम बहादुर भण्डारी, रिषि राज देवकोटा, फतेह सिंह थारु, गणेश सुनार, कमल कुमार बि. क., रानि कनौजिया, लक्ष्मी बि. क., ओम प्रकाश आजाद, चन्द्र सेखर पाण्डे ३) झापा- ५ बिकेन्द्र कुमार लिम्बु, रमिता थिङ तामाङ, रुप दल बि. क., अन्जार आलम, राजमून खातुन पैठान ४) ललितपूर- ४ सोभा शाक्य, सोभा श्रेष्ठ, पुष्पराज पौडेल, रोशन कार्की ५) सुर्खेत- ४ कर्ण कुमारी श्रेष्ठ, मुखुन्द श्याम गिरि, सुनिता शाह, चन्द्र कला नेपाली ६) नवलपरासी- ४ निलकन्ठ काफ्ले, ओम बहादुर सिंह, सिता बस्याल, गिता कुमारी चौधरी ७) बर्दिया- ४ गिता बस्नेत, बिधा प्रसाद थारु, सिला कुमारी थारु, सङ्गिता नेपाली ८) सिराहा- ३ कृष्ण कुमारी थरुनि, विश्वेश्वर प्रसाद मर्वैता, सत्रुघ्न महासेठ ९) धनुषा- ३ जय कुमारी महतो बबिता कुमारी, अन्जु कुमारी दास १०) गुल्मी- ३ भरत बहादुर चन्द, लिला कार्की, शान्ति परियार ११) धादिङ- ३ बुद्धिमान तामाङ, बिना लामा, अम्मर परियार १२) गोरखा- ३ मोहन कुमार श्रेष्ठ, सिता श्रेष्ठ, मेचे भगवान दास मल्ल १३) रुपन्देहि- ३ मृगेन्द्र कुमार शेरचन, तोया नाथ लम्साल, स्वाति थापा १४) कास्की- ३ भिमसेन गुरुङ, जय लाल पुन, गिता गुरुङ १५) सुनसरी- ३ रेनुका गुरुङ, हसबुल मिया, नाजिया खातुन १६) मोरङ- ३ उद्धब पौडेल, प्रल्हाद प्रसाद शाह, उमा थापा १७) रामेछाप- २ दिपक रन्जितकार, आङ ङिमा शेर्पा १८) तेह्रथुम- २ असोक सुब्बा, होम भक्त कुरुम्बाङ १९) मकावनपुर- २ राम बहादुर थोकर, इन्दिरा न्यौपाने २०) सिन्धुपालचोक- २ पशुपति शंम्सेर जबरा, भक्त नेपाली २१) नुवाकोट- २ डा. प्रकाश चन्द्र लोहनी, नांनि मैया आचार्य २२) स्याङ्जा- २ देब कुमारी पराजुली, भद्र बहादुर सुनार २३) बारा- २ गिरिधर प्रसाद चौधरी, मोहन प्रसाद यादव २४) रौतहट- २ बिनोद शाह, ममता सिंह २५)) पर्सा- २ बिना जयसवाल, अजिता देबी २६) लमजुङ- १ हेम जङ गुरुङ २७) ताप्लेजुङ- १ अमृत कुमार साउदेन २८) तनहुँ- १ गौ माया श्रेस्ठ २९) कन्चनपुर- १ शान्ति माया सुनुवार ३०) डोल्पा- १ सुमित्रा गुरुङ ३१) सिन्धुली- १ डा. मुकुन्द प्र गजुरेल ३२) अछाम- १ श्याम बहादुर शाही ३३) हुम्ला- १ विकास बहादुर महत ३४) जुम्ला- १ बृष बहादुर कठायत ३५) मुगु- १ कृष्ण माया हितांङ ३६) इलाम- १ कलिका कार्की ३७) कलिकोट- १ जुन तारा शाही ३८) कैलाली- १ जय रानि डगौरा ३९) चितवन- १ रिषि बाबु परियार ४०) सल्यान- १ अनिसा नेपाली ४१) दोलखा- १ सपना घतानी ४२) महोत्तरी- १ रुपा ठाकुर ४३) सप्तरी- १ सत्य नारायन यादव ४४) सर्लाही- १ अन्जु कुमारी दास ४५) कपिलबस्तु- १ अमिसारा खातुन रहेका छन् ।
३२ जिल्ला खाली रहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस