सिटिजन लाइफ इन्स्योरेन्सकी पुरी बनिन् १७ वर्षकै उमेरमा एमडिआरटी
- गाउँ सहर संवाददाता
- १७ पौष आइतबार, २०७९ | १२:५४:०० मा प्रकाशित
भैरहवा । सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर जस्मीन पुरी १७ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् ।
कम्पनीको भैरहवा क्षेत्र अन्तर्गत परासी शाखाकी एजेन्सी म्यानेजर जस्मीन पुरी एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् ।
जस्मीन पुरी ले छोटो समयमै आफ्नो ब्यबसायिक लक्ष्य हासिल गरेका हुन् ।
उनी अहिले १२ कक्षामा अध्ययनरत छात्रा पनि हुन् ।
सानैदेखि अत्यन्तै मिहेनती, लगनशिल र नम्र स्वभावकी पुरी मिहेनत गरे के हुँदैन र भन्ने कुराकी उदारणीय पात्र पनि हुन् । विद्यार्थी कालदेखि नै जीवन बीमामा लागेर पढ्दै र कमाउदै गर्न सकिन्छ भन्ने कुराको दरिलो उदाहरण उनी बनेकी छन् ।
अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ ।
१९२७ मा स्थापित संस्थाको मुख्य कार्यालय अमेरिकामा छ ।
विश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा ब्यबसायबाट प्राप्त प्रथम बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ । छनौट पस्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
प्रतिकृया दिनुहोस