सिटिजन लाइफ इन्स्योरेन्सकाे पाँचौ वार्षिक साधारणसभाले आइपीओ निष्कासन प्रस्ताव पारित
- गाउँ सहर संवाददाता
- १६ माघ सोमबार, २०७९ | ०७:३२:०० मा प्रकाशित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्ने भएकाे छ।
काठमाडाैँ ठमेलस्थित छायादेवी कम्प्लेक्समा आइतबार सम्पन्न कम्पनीकाे पाँचौ वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा आइपीओ निष्कासन प्रस्ताव पारित गरेकाे हाे।
कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको प्रमुख अध्यक्षतामा सम्पन्न उक्त सभामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारितसमेत गरिएकाे कम्पनीले जनाएकाे छ।
साथै, सोही आर्थिक वर्षकाे असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ।
सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ।
साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ।
सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक)लाई गरिएको नियुक्ती अनुमोदन गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
प्रतिकृया दिनुहोस