आत्मनिर्भर लघुवित्त आइपिओ खुला
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बिहीबार, २०७९ | १३:१५:०० मा प्रकाशित
काठमाडौँ I आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेकोे हो ।
कम्पनीले आफ्नो जारी पुँजी रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुटाएको थियो । जसमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।
निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
प्रतिकृया दिनुहोस