प्रतिनिधि सभा

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण : प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल भने जारी रहने छ । त्यसपछि प्रधानमन्त्री  प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत