वातावरण

लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग

काठमाडाैँ । आज २०८० जेठ १५ गते (सोमबार), जल तथा माैसम विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उसले भनेकाे छ- राति सुदूरपश्चिम प्रदेशका साथै कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत