नेपालमा एमपक्स (सरुवा रोग) संक्रमण पुष्टि, लक्षण कसरी थाहा पाउने ?
- गाउँ सहर संवाददाता
- २ असार शनिबार, २०८० | ०७:२४:०० मा प्रकाशित
काठमाडौँ। नेपालमा पहिलो पटक मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ रोग पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण पुष्टि भएको हो।
उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो।
एमपक्स संक्रमण विश्वभरी १११ देशमा पुष्टि भइसकेको छ। डा अधिकारीका अनुसार यो रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्नसक्छ।
यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ। आँखामा संक्रमण भएमा दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुनसक्छ।
कसैलाई एमपक्ससँग मिल्दो लक्षण देखिए अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन मन्त्रालयले अनुरोध गरेको छ।
साथै यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालसमेत तोकेर परामर्श लिन सक्ने व्यवस्था भइसकेको मन्त्रालयले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
प्रतिकृया दिनुहोस