राजनीति

कांग्रेसले संगठन सुदृढीकरण अभियानका लागि रामेछापमा डा. यादवलाई खटायाे

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि रामेछापमा केन्द्रीय सदस्य डा.चन्द्रमाेहन यादवलाई खटाएकाे छ । 

साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि केन्द्रले रामेछापमा डा. यादवलाई खटाएकाे हाे । 

पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो ।

कांग्रेसले पाँच जना केन्द्रीय सदस्य बाहेकलाई पनि जिल्लामा खटाएको छ । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरूले जिम्मेवारी निर्वाह गर्नेछन् । पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत