खेल

आकस्मिक पत्रकार सम्मेलनज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडाैं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । 

शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । २०७६ साल कात्तिकमा उनी नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका उनले २०७८ मंसिरसम्म कप्तानी सम्हालेका थिए ।

ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए । 

मल्ल सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए । 

यसै समयमा उनी क्रमस यू–१७ र यू–१९ टोलीमा परेका थिए । ज्ञानेन्द्रले सन् २००६ मा खेलेका थिए । 

ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ रन बनाएका छन्  । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८८३ रन बनाएका छन् । उनले दुबै फ्म्याटमा शतक बनाएका छन् ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत