मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी चलाउने तीनजना पक्राउ, रामेछापका प्रेम पनि
- गाउँ सहर संवाददाता
- १५ असोज सोमबार, २०८० | ०७:३९:०० मा प्रकाशित
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार ट्राफिक प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका–४ का २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का ६ वर्षीय प्रेम रसाईलीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गत भदौ ९ गते वाग्मती प्रदेश ०२–०३४ प ०९ १८ नम्बरको मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट हराएको भनेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो । वास्तविक नम्बर परिवर्तन गरेर वाग्मती प्रदेश ०२–०३७ प २४ ७७ नम्बर राखी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले उनीहरूलाई पुरानो बानेश्वरबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।
तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
प्रतिकृया दिनुहोस