भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट र चाडपर्वको अफर
- गाउँ सहर संवाददाता
- १८ असोज बिहीबार, २०८० | १२:३९:०० मा प्रकाशित
काठमाडौँ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।
भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०% सम्म छुटका लागि योग्य हुनेछन्। त्यसैले यस अभियानको नाम "चाडमा चौका" राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।
यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरू यसप्रकार छन्:
- अल्टिमा वायरलेस इयरबड्स: भ्याटसहितको मूल्य रू. १२२५ सम्ममा उपलब्ध छ।
- हिमस्टार ४३ इन्च स्मार्ट टिभी: भ्याटसहितको मूल्य रु २७,५०० सम्ममा उपलब्ध छ।
- हिमस्टार ५५ इन्च स्मार्ट टिभी: भ्याटसहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ।
- हिमस्टार रेफ्रिजरेटर: भ्याटसहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ।
- हिमस्टार वाशिङ मेसिन: भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ।
मङ्सिर ९ गतेसम्म मान्य रहने यो अविश्वसनीय अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले विश्वास लिएकाे छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
प्रतिकृया दिनुहोस