अर्थतन्त्र

सिटिजन लाइफद्वारा १६ लाख बढीकाे मृत्युदावी भुक्तानी

भैरहवा । सिटिजन लाइफ इन्स्याेरेन्सले मृत्युदावी वापतकाे १६ लाख १० हजारकाे चेक हस्तान्तरण गरेकाे छ । कम्पनीकाे भलबारी शाखाबाट उक्त बीमांककाे चेक हस्तान्तरण गरेकाे हाे ।

सिटिजन सुभारम्भ बीमा याेजना बीमालेख लिएका तिलाेत्तमा ९ रूपन्देहीका लक्ष्मण शाहीकाे मृत्यु भएपति भलबारी शाखाबाट उक्त रकमकाे चेक हस्तान्तरण गरेकाे हाे ।

उक्त रकम कम्पनीका भैरहवा क्षेत्रीय शाखा प्रबन्धक नरेश सिग्देल, भलबारी शाखा प्रमुख रवि काफ्ले, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलबारी तथा भैरहवाका एजेन्सी मेनेजरहरूकाे सहभागितामा उक्त दावी भुक्तानी गरिएकाे थियाे ।

चेक हस्तान्तरण गर्दै इन्स्याेरेन्सका क्षेत्रीय शाखा प्रबन्धक नरेश सिग्देलले जीवन बीमाले अकालमा ज्यान गुमउनु परेकाे परिवारले बचतबाट प्राप्त रकमले मृत्युपश्चात राहत महसुस गर्न पाउने भएकाले जीवन बीमा अपरिहार्य रहेकाे बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत