गाउँ सहर

काठमाडाैं महानगरले तोक्यो फूल-माला बिक्री गर्ने यी ठाउँ

काठमाडाैं । नेपाली फूलको प्रवर्द्धनका लागि काठमाण्डौ महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ । 

काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न चार ठाउँमा स्टल राख्ने बताए । उनले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए ।

उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले फूल बिक्री केन्द्र ताेकेकाे बताए ।

त्यस्तै काठमाडाैं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । तिहारलाई भव्य र सुरक्षित रुपमा मनाउनका लागि साँझ ८ बजेदेखि राति १ बजेसम्म नगर प्रहरीले गस्ती गर्ने भएको हो । 

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म चार क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत