खेल

सुपर लिग अन्तर्गत आजकाे दुई खेलमा पाेखरा र ललितपुर विजयी

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ भने दाेस्राे खेलमा ललितपुर सिटी एफसीले जित हासिल गरेका छन् । 

पोखराले एफसी चितवन माथि १-० को जित निकालेको हो । पोखराका लागि विदेशी खेलाडी मोसेस ट्वमले खेलको एकमात्र गोल गरे । खेलमा दुवै टोलीले अवसर भने सिर्जना गरेका थिए ।

ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसी विरुद्ध २-० को जित हासिल गरेको छ । ललितपुरका लागि दिनेश हेन्जन र अनन्त तामाङले एक एक गोल गरेका हुन् ।

भोलि हुने एकमात्र खेलमा साँझ ५:३० बजे नवप्रवेशी टोली विरगन्ज युनाइटेड एफसी र गत संस्करणका उपविजेता धनगढी एफसी खेल्ने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत