राजनीति

जेठमा राष्ट्रिय महाधिवेशनसहित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सात निर्णय

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो राष्ट्रिय महाधिवेशन आगामी वर्षको जेठ अन्तिम साता हुने भएको छ ।

महासंघको केन्द्रीय कार्यसमितिको शुक्रबार कांग्रेस मुख्यालय सानेपामा अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षता बसेको पाँचौ पूर्ण बैठकले ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ पहिलो राष्ट्रिय महाधिवेशन जेठ २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो । 

सोअनुसार बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको जनाइएको छ । महाधिवेशनको सम्पन्न गर्न तपशिल बमोजिमको कार्यतालिका पारित गर्नुको साथै कार्यतालिका बमोजिम अधिवेशनहरु सम्पन्न गर्न ७७ ओटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत बैठकले गरेको छ । 

यस्ता छन् बैठकका निर्णयहरु

१, ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिका 

क, ७७ ओटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा २०८० मंसिर ३० गते बस्ने ।

ख, वडा अधिवेशन २०८० पुस २१ गते ।

ग, पालिका अधिवेशन २०८० माघ ६ गते ।

घ, प्रदेश सभा क्षेत्रीय अशिवेशन २०८० माघ २१ गते ।

ङ, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८० फागुन ५ गते ।

च, जिल्ला अधिवेशन २०८० फागुन १९ गते ।

छ, प्रदेश अधिवेशन २०८० चैत्र १७ र १८ गते ।

ज, राष्ट्रिय महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते, काठमाडौ ।

२, ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको मुल नारा  ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ रहने तय गर्दछ । 

३, ऎतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरु, आवद्ध जातीय संघका केन्द्रीय अध्यक्षहरु उपत्यकाका जिल्ला अध्यक्षहरु रहेको १०१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गर्ने साथै आवश्यक उपसमितिहरु केन्द्रीय अध्यक्षले आवश्यक सल्लाह गरी गठन गर्ने निर्णय गर्दछ ।

४, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम (गोरखा) लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

५, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन संयोजक, जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको  नियमावली २०८० संशोधन सहित पारित गर्दछ ।

६, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ विधान बमोजिम सन्तबहादुर चेपाङ (मकवानपुर)को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी चेपाङ संघ, इन्द्रजित छन्त्याल (म्याग्दी) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी छन्त्याल संघ र  नरजंग दुरा (लमजुङ) को अध्यक्षतामा नेपाल लोकतन्त्रवादी दुरा संघ गठन गर्ने निर्णय गर्दछ । 

७, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघलाई अनुशासित संगठन बनाउन महांसघको विधान बमोजिम केन्द्रीय सदस्य अधिवक्ता राम्जी कोङरेन (धनकुटा) संयोजक, पासाङ शेर्पा (ताप्लेजुङ) र दुर्गा सुनुवार (सिन्धुली) सदस्य रहने गरि केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गर्दछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत