रहेनन् रामेछाप कांग्रेसका युवा नेता श्रेष्ठ
- गाउँ सहर संवाददाता
- ११ पौष बुधबार, २०८० | ०९:२८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस रामेछापका युवा नेता राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती हृदयाघातबाट ५० वर्षको उमेरमा निधन भएको हो ।
रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापतिसमेत रहेका श्रेष्ठको मंगलबार आफैँले संचालन गर्दै आएको होटलमा राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली कांग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको अन्तिम दाहसंस्कार १२ गते बिहीबार पशुपतिमा गरिने प्रदेश सभापति श्रेष्ठले बताएका छन् ।
नेपाल विद्यार्थी संघको राजनिति बाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस रामेछापको १४औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाटै खाँडादेवी गाउँपालिका वडा नं ५ मा पनि वडाध्यक्षमा चुनाव लडेका थिए ।
०५६/५७ साल देखि नै होटल व्यवसायमा लागेका श्रेष्ठ हाल फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
प्रतिकृया दिनुहोस