कला
सुरेशकुमार पाण्डेकाे याे मिठाे गजल
- सुरेशकुमार पाण्डे
- ४ चैत आइतबार, २०८० | २०:११:०० मा प्रकाशित

आज यही मुटु पनि उस्तै धक-धक भयो,
जो दुश्मन् थियो उही शुभ चिन्तक भयो।
हिंजो प्रतिगमनकै बिरूद्धमा भयो एकता,
आज प्रतिगमन सच्चियो की छक्क भयो।
भन्छन् क्रान्ति गर्न नै बन्दुक पड्काएको,
सडक र सदनमा सधै यस्तै बकबक भयो।
आतङ्कित र आसङ्कित भयौँ नागरिक,
अब त आफ्नै छायाँ सँग पनि सक भयो।
हाम्रो देशका जनता कत्तिको दयालु छन्,
व्यवहारबाट दुनियाँभरिलाई छनक भयो।
नेता राजनीति गर्न छाडी आफैंलाई खोज,
तिमीहरूको भनाई गराई धेरै फरक भयो।
दाङ घोराही।
प्रतिकृया दिनुहोस