करिब १९ खर्ब वैदेशिक संचिति, २१ प्रतिशतले बढ्यो रेमिट्यान्स, मूल्यवृद्धि ५ प्रतिशत
- गाउँ सहर संवाददाता
- २२ चैत बिहीबार, २०८० | १७:५२:०० मा प्रकाशित
काठमाडौं । गएको आठ महिनामा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तको तुलनामा यो २१.७ प्रतिशतले बढेको हो ।
गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । गत फागुन मसान्तसम्म आइपुग्दा यो बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । गत फागुन मसान्तसम्ममा २०.८ प्रतिशतले बढेर १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
गत फागुनसम्मको विदेशी मुद्रा सञ्चितिले १४.८ महिनाका लागि वस्तु र १२.४ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।
२०८० फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.८२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो वृद्धिदर ७.४४ प्रतिशत थियो ।
यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९५ प्रतिशत छ । जसअनुसार मरमसला उप–समूहको मूल्यवृद्धि २८.१७, तरकारीको १४.०७ , दाल तथा गेडागुडीको ११.२२, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ । सोही अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्यवृद्धिदर ११.७९ प्रतिशतले घटेको हो ।
चालु वर्षको आठ महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१, विविध वस्तु तथा सेवाहरूको १०.६७ र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । तर यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.१५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
- प्रभु बैंकका ग्राहकले गणेशमान सिंह मेमोरियल हस्पिटलको सेवामा विशेष छुट पाउने
- बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’
- खडेरीले सुक्न थाल्यो मकै, चिन्तामा किसान
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
प्रतिकृया दिनुहोस