बाढी पहिरोले राष्ट्रिय सडकमा ठूलाे क्षति, २७ वटा सडक अझै अवरुद्ध
- गाउँ सहर संवाददाता
- २३ असार आइतबार, २०८१ | १७:२६:०० मा प्रकाशित

काठमाडाैं । शुक्रवार रातिदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको ४४ वटा राष्ट्रिय सडकमा क्षति पुगेको छ । तीमध्ये अहिले २७ वटा सडक अवरुद्ध छन् । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् । अवरुद्ध बनेकामध्ये केही सडक सञ्चालन गर्न चार/पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन् ।
त्यस्तै पहिरोले सुनसरीको चतरा–बराह क्षेत्रको भित्री सडक अवरुद्ध छ । पहिरोले बाग्मती प्रदेशका ६ वटा राजमार्गमा क्षति पुर्याएको छ । रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत राजमार्ग खण्ड पूर्णरूपमा अवरुद्ध छ ।
त्यस्तै चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी–काठमाण्डाै–हेटौँडा, भीमफेदी–काठमाण्डाै र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ । बाढीले मनाङमा चामे–बेसीशहर, पहिरोले म्याग्दीमा बेनी–दरबाङ र बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
त्यस्तै स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासी (पूर्व) मा कालीगण्डकी करिडोर, बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पर्वतमा मालढुङ्गा–बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन् ।
यसैगरी लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ । पहिरो पन्छाएर केही सडक सञ्चालनमा आएका छन् भने धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध छन् । प्रहरीले केही दिन अत्यावश्यक नपरि यात्रा नगर्न अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘सगरमाथा संवाद २०२५’ घोषणापत्र जारी, जलवायु वित्त परिचालन गर्न जोड
- ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु
- संसदमा सांसदहरूका कुरा (लाइभ)
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
प्रतिकृया दिनुहोस