माला जप्नुको अर्थ ! के हुन्छ माला जप्दा ?
- लामा सांगे लेग्देन भूपेन
- २४ असार सोमबार, २०८१ | १४:२८:०० मा प्रकाशित
काठमाडाैं । बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्त्वपूर्ण अमूल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न नसक्नेहरुको लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ ।
जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत, अप्रिय बचन व्यर्थको गफमा अरुको कुरा काटने निन्दा चुक्ली लगाउने असत्य झुठो बोल्ने जस्तो कुकर्मको रोकथाम हुन्छ ।
बुद्ध भोजन तथा बोधिसत्वको जप मन्त्रमा व्यस्त हुदा अष्टांगिक मार्गको सम्याक (वाक) वचन सम्याक कर्मान्त आदिमा प्रेरित हुने तरिका हो भोजन तथा माला जप्ने विधि ।
माला जप्ने बेला बुद्ध बोधिसत्व प्रतिको आस्था श्रद्धाको कारण नकारात्मक सोच व्यवहारमा कमि आउदै त्यो भक्ति श्रद्धामा करुणा मैत्रीभावको विकास भइ सम्याक आजीविका सम्याक स्मृति सम्याक समाधि ध्यान पनि हुने हुँदा यो अष्टांगिक मार्ग अन्तरगत पनि पर्दछ ।
बुद्धम शरणम गच्छामी
धर्मम शरणम गच्छामी
संघम शरणम गच्छामी
शरणगमनको यो पाठलाई हिमालय भाषामा (क्याब्डो) भन्छन् यो पाठ मात्रै आफ्नै भाषामा हिमाली बुद्धिष्टहरु पहिलो चरणमा कम्तीमा पनि एक लाख जपेर क्रमश: बुद्ध अनि आर्यलोकेश्वर गुरु पद्म सम्भंवको जप लाखौं करोडौं जप्छन् जीवन भरिमा ।
अनि बुढेसकालमा समय कटाउने उत्तम विकल्प पनि हो माला जप्ने प्रथा ! अहिले नेपालको पहाडी र तराई क्षेत्रमा प्रायः घरमा बूढाबूढी गनगन र किचकिच धेरै गरेको भन्दै छोराछोरी नाति नातिनाको बोझ भएर घर झगडा अशान्ति र छोराछोरीले हुँदाहुँदै बृद्धाआश्रम सम्म पुर्याएको देख्छौँ ।
तर हिमािलि क्षेत्रतिर घरमा चुपचाप बसेर श्रद्धा आस्थामा माला जप्नेहरुको घरमा मेलमिलाप शान्ति बृद्ध अवसथाका बा-आमाको राम्रो हेरचाह भएको देखिन्छ ।
जपतप एक ध्यान पनि हुनाले ध्यानले मानसिक तनाव कम गरि हाम्रो दैनिकी र स्वास्थ्यमा पनि फाइदा हुन्छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस