बढ्याे नेप्से, कारोबार साढे पाँच अर्ब नाघ्यो
- गाउँ सहर संवाददाता
- २५ असार मंगलबार, २०८१ | १६:०९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज सेयर बजार परिसूचक नेप्से १५.७९ अंकले बढेको छ । यससँगै बजार सूचक २१५२.१४ बिन्दुमा पुगेको छ ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि ९६ करोड ६१ लाख रुपैयाँले बढेर ५ अर्ब ५३ करोड ५८ लाख ८८५ रुपैयाँ पुगेको छ । यसदिन ३१६ स्टकको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर ६६ हजार ७१६ ओटा संख्यामा कारोबार भएको हो । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ५६ करोड ९८ लाखको सेयर खरिद बिक्री भएको थियो ।
आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये यस दिन ८ ओटा बढेको छ भने ४ ओटा घटेको छ। यस दिन लघुवित्त सर्वाधिक ३.०६ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक साढे २ प्रतिशत बढेको छ । फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहगत सूचक भने घटेको छ । म्युचुअल फन्ड स्थिर छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यसैगरी नेपाल फाइनान्सको १६ करोड २१ लाख, जानकी फाइनान्सको १३ करोड ५६ लाख, ङादी ग्रुप पावरको १३ करोड १६ लाख र ग्लोबल आईएमई लघुवित्तको १२ करोड ३६ लाख रुपैयाँको धितोपत्र किनबेच भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता १६९.७० रुपैयाँले बढेर १८६७.२० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको २४१.७० रुपैयाँले बढेर २६५९.६० रुपैयाँ पुगेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९१ प्रतिशत, युनिक नेपाल लघुवित्तको ९.७९ प्रतिशत र सबैको लघुवित्तको ९.१५ प्रतिशतले सेयरको भाउ बढेको छ ।
मंगलबारको बजारबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का इकाईधनीले सर्वाधिक गुमाएका छन् । इकाईका लगानीकर्ताले ५.४७ प्रतिशतले गुमाउँदा ८.२९ रुपैयाँमा मूल्य झरेको छ। यस्ते नेपाल फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाउँदा बोटलर्स नेपाल बालाजु लिमिटेडको ३.९०, नबिल ब्यालेन्स्ड फन्ड–२ को ३.३७ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ३.१६ प्रतिशतले घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस