लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बुधबार, २०८३ | ०५:५६:०० मा प्रकाशित
पाेखरा । नेतृत्व विकास र सामाजिक सेवामा काम गर्दै आएको संस्था लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जुनियर जेसीजको समेतको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
पत्रकार सम्मेलन, स्लो बाइक रेस प्रतियोगिता ,ट्राफिक सचेतना ,साइकल यात्रा र रक्तदान कार्यक्रम सम्पन्न भैसकेका छन् । मंगलबार दुईवटा कार्यक्रम सम्पन्न भए। पोखरा २७, डाँडाको नाकस्थित कृष्णप्रणामी बृन्दाबन धाममा बिहान ६ बजे योग तथा ध्यान कार्यक्रम र बिहान ८ बजे सोही स्थानमा न्यानो कपडा ,खेलकुद तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
यस अघि सोमबार रक्तदान कार्यक्रमबाट २९ युनिट रगत संकलन भएकोथियो ।जेसिज सप्ताह–२०२६ कार्यक्रम अन्तर्गत नै बुधबार बिहान ७ बजे मिनी म्याराथन प्रतियोगिताको आयोजना गरिएको लेखनाथ जेसिजका अध्यक्ष सर्वेन्द्र न्यौपानेले जानकारी दिएका छन् । मिनी म्याराथन तालचोकबाट पावरहाउस र तागाकोमुख हुँदै शिशुवासम्म कुल ७ किमिको दुरीमा आयोजना गरिएको छ ।
सप्ताहव्यापी रुपमा गत कार्तिक ६ गते बाट शुरु भएको कार्यक्रमको समापन भने कात्तिक १२ गते बिहिबार हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
प्रतिकृया दिनुहोस