अर्थतन्त्र

नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से ०.९४ अंक अर्थात् ०.०३ प्रतिशतले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको हो ।परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार करिब ४ अर्ब रुपैयाँको कारोबार भएकोमा मंगलबार ३६० स्क्रिप्टको ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका कम्पनीमध्ये १३५ वटाको सेयर मूल्य बढेको छ भने १३६ वटाको घटेको छ । बाँकी कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन ।  मंगलबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९८ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, माथिल्लो मैलुङ खोलाको सेयर मूल्य १२.०९ प्रतिशतले बढेको छ ।

यसदिन युनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४.९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँ र सानिमा मिडल तमोरको २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत