खेल

एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको हो।

लुम्बिनीका किशोर महतोले ४ विकेट लिँदा शेर मल्लले ३ विकेट लिए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने अनिल खरेल १५ रनमा अविजित रहे।

गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत