काभा भलिबलमा नेपालको विजयी शुरुआत
- गाउँ सहर संवाददाता
- १७ श्रावण बिहीबार, २०८१ | १७:००:०० मा प्रकाशित

काठमाडाैं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
राष्ट्रिय खेलकूद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा बिहीबार नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले जितेको छ।
प्रतियोगितामा नेपाल र श्रीलंकासँगै भारत, माल्दिभ्स र इरान सहभागी छन्। भारत र इरानबीच आज साँझ ५ः४५ बजे प्रतिस्पर्धा हुँदै छ।
राउन्ड रोबिन लिगका आधारमा अंक तालिकाको पहिलोदेखि चौथो टोली सेमिफाइनलमा पुग्नेछ भने पाँचो टोली प्रतियोगिताबाट बाहिरिनेछ। सेमिफाइनलमा शीर्ष टोली र चौथो तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ।
मध्य एशियाका क्याटेगोरी ‘ए’ र ‘बी’ मा रहेका पाँच देश सहभागी प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन। भलिबल खेललाई सरकारले विद्यालयको प्राथमिक तहदेखि नै प्राथमकिता राख्ने चौधरीले बताए।
प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। जगदिश भट्ट प्रमुख प्रशिक्षक र भरत यादव सहायक प्रशिक्षक रहेको नेपालको नेतृत्व अरुणा शाहीले गरेकी छन्।
नेपाली टोली : अरुणा शाही (सेटर), सरस्वती चौधरी (स्पाइकर), उषा भण्डारी (स्पाइकर), पुनम चन्द (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), कामना विष्ट (स्पाइकर), आरती सुवेदी (स्पाइकर), सफिया पुन (मिडल ब्लकर), सुमित्रा रेग्मी (मिडल ब्लकर), संगम महत (मिडल ब्लकर), कविता भट्ट (मिडलब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिबेरो) र शान्तिकला तामाङ (लिबेरो)।
https://www.himalkhabar.com/news/142530

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस