काभा भलिबलमा नेपालको विजयी शुरुआत
- गाउँ सहर संवाददाता
- १७ श्रावण बिहीबार, २०८१ | १७:००:०० मा प्रकाशित
काठमाडाैं । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
राष्ट्रिय खेलकूद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा बिहीबार नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले जितेको छ।
प्रतियोगितामा नेपाल र श्रीलंकासँगै भारत, माल्दिभ्स र इरान सहभागी छन्। भारत र इरानबीच आज साँझ ५ः४५ बजे प्रतिस्पर्धा हुँदै छ।
राउन्ड रोबिन लिगका आधारमा अंक तालिकाको पहिलोदेखि चौथो टोली सेमिफाइनलमा पुग्नेछ भने पाँचो टोली प्रतियोगिताबाट बाहिरिनेछ। सेमिफाइनलमा शीर्ष टोली र चौथो तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ।
मध्य एशियाका क्याटेगोरी ‘ए’ र ‘बी’ मा रहेका पाँच देश सहभागी प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन। भलिबल खेललाई सरकारले विद्यालयको प्राथमिक तहदेखि नै प्राथमकिता राख्ने चौधरीले बताए।
प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। जगदिश भट्ट प्रमुख प्रशिक्षक र भरत यादव सहायक प्रशिक्षक रहेको नेपालको नेतृत्व अरुणा शाहीले गरेकी छन्।
नेपाली टोली : अरुणा शाही (सेटर), सरस्वती चौधरी (स्पाइकर), उषा भण्डारी (स्पाइकर), पुनम चन्द (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), कामना विष्ट (स्पाइकर), आरती सुवेदी (स्पाइकर), सफिया पुन (मिडल ब्लकर), सुमित्रा रेग्मी (मिडल ब्लकर), संगम महत (मिडल ब्लकर), कविता भट्ट (मिडलब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिबेरो) र शान्तिकला तामाङ (लिबेरो)।
https://www.himalkhabar.com/news/142530
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस