असोज ७ गतेबाट दशैं तिहारका लागि सुपथ मूल्य पसल सञ्चालनमा आउने
- गाउँ सहर संवाददाता
- २६ भदौ बुधबार, २०८१ | ०७:४१:०० मा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने जानकारी दिएका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए ।
‘चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्थापन मिलाइरहेको छ । साथै चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्न तयारी भइरहेको छ,’ उनले भने ।
उनले उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी दिए । उनले बजारमा उच्च मागहरु हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिइएको बताए ।
उनले सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरुसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न ति वस्तुहरुको खरिद गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्युत् प्राधिकरणको नाफामा गिरावट
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
- नेपाल राष्ट्रिय मगर संघको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन
- चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
प्रतिकृया दिनुहोस