गाउँ सहर
तस्बिरः पूर्वाञ्चल दैनिक ।
झापाकाे बिरिङ खोलाको मोटरेबल पुलमा बाढीले क्षति
- गाउँ सहर संवाददाता
- १२ असोज शनिबार, २०८१ | ०८:४८:०० मा प्रकाशित
झापा । अविरल वर्षाका कारण झापाका विभिन्न स्थान प्रभावित भएका छन् । यसैक्रममा अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलाको मोटरेबल पुलमा बाढीले क्षति पुर्याएको छ ।
बिरिङ खोलाको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेबल पुल अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।
अविरल वर्षासंगै आएको बाढीले पुलमा क्षति पुगेपछि यात्रु र सवारी साधन आवागमन रोकेर वैकल्पिक बाटो दिइएको छ । अर्जुनधारा नगरपालिका ७ स्थित फुलमति पुलबाट मिलडाँडा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । उक्त पुल लामो समयदेखि जिर्ण अवस्थामा रहको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस