त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी
- गाउँ सहर संवाददाता
- १७ असोज बिहीबार, २०८१ | १०:३६:०० मा प्रकाशित

काठमाडौँ। क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ। किङ सिटीमा आज राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो।
कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई दोस्रो पटक हराएको हो। कप्तान पौडेलले अर्धशतक प्रहार गरेका थिए। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भएको हो।
ओमानका लागि जिसान मकसुदले ३ छक्कासहित ३५ र अकिब इलियासले २२ रन, प्रतिक अठावले १२ रनको योगदान गरे। नेपालका कुशल भुर्तेलले ३, रोहित पौडेल, सन्दीप लामिछाने र रिजन ढकालले २/२ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। नेपालका लागि कप्तान पौडेलले दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए।
त्यसैगरी ओपनर अनिल साहले ११, आसिफ शेख १६, देव खनालले १८, कुशल मल्लले ११, गुल्सान झाले २ र दीपेन्द्रसिंह ऐरीले १ रन बनाएर आउट भए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस