साफ महिला च्याम्पियनसिप २०२४ मा भारतकाे विजयी सुरुवात
- गाउँ सहर संवाददाता
- १ कार्तिक बिहीबार, २०८१ | २०:१४:०० मा प्रकाशित

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गर्यो ।
खेलमा भारतले चौथो मिनेटमै ग्रेसको गोलबाट अग्रता लियो । १६ मिनेटमा मनीषाले अग्रता दोब्बर पार्दा ३५ मिनेटमा बालादेवीले भारतका लागि तेस्रो गोल गरिन् । ४२ मिनेटमा पाकिस्तानकी मरिया खानले आफ्नै पोस्टमा गोल गर्दा भारत पहिलो हाफमा ४–० गोलले अघि रह्यो ।
पाकिस्तानले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै खेलमा फर्कने कोसिस गर्यो । पाकिस्तानका लागि सुहा हिरानीले ४६ र केला शिद्धिकीले ४७ मिनेटमा गोल गर्न सफल भए । तर त्यसपछि पाकिस्तानमाथि भारत हाबी भयो । भारतका लागि ७७ मिनेटमा ज्योतिले पाँचौँ गोल गर्दा भारत जिततर्फ अघि बढेको थियो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले भोलि साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिकृया दिनुहोस