श्रीलंकासँग पराजित हुँदा हङकङ सिक्सेसकाे क्वाटरफाइनलबाट बाहिरियाे नेपाल
- गाउँ सहर संवाददाता
- १७ कार्तिक शनिबार, २०८१ | १५:११:०० मा प्रकाशित

काठमाडौं । हङकङ सिक्सेसमा श्रीलंकासँग पराजित हुँदै नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ ।
शनिवार भएको क्वाटरफाइनल खेलमा श्रीलंकाले नेपाललाई ४० रनले पराजित गर्यो । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा अल आउट हुँदै ८३ रन बनाउन सक्यो ।
नेपालका राशिद खानले १८ बलमा १ चौका र ८ छक्काको सहयोगमा ५५ रन बनाए । लोकेश बमले ३ बलमा ६ रन बनाउँदै पहिलो ओभरमा आउट भए । सन्दीप जोरा कुनै रन जोड्न नसकी दोस्रो ओभरको पहिलो बलमा आउट भए । नारायण जोेशीले ४ बलमा १३ रन बनाए ।
श्रीलंकाका लाहिरु समराकोनले २ तथा धनन्जय लक्षन र लाहिरु मधुशंकाले समान १ विकेट लिए ।
त्यसअघि मिसन रोड मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ ओभरमा २ विकेट गुमाएर १ सय २३ रन बनायो ।
श्रीलंकाका सन्दुन विराकोडीले १४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा नट आउट ५० रन बनाए । विराकोडी रिटार्यड आउट भएपछि क्रिजमा आएका लाहिरु समराकोनले ५ बलमा १ चौका र ३ छक्काको सहयोगमा २२ रन बनाए ।
कप्तान लाहिरुले ८ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन बनाए । थानुका डबारीले ९ बलमा ३ चौकाको सहयोगमा १८ रन जोडे ।
नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले समान १ विकेट लिए । विजेता श्रीलंकाले फाइनल प्रवेशका लागि बंगलादेश र युएईबीचको विजेतासँग खेल्नेछ । नेपालले बंगालादेश र युएईबीच पराजित हुने टोलीसँग प्लेट सेमिफाइनल खेल्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस