गाउँ सहर
२६ वर्षअघिदेखि सबैकी दिदी बनेकी अञ्जलीले लगाइदिइन् सामूहिक भाइटीका
- गाउँ सहर संवाददाता
- १८ कार्तिक आइतबार, २०८१ | १९:००:०० मा प्रकाशित

काठमाडौं । अञ्जली दिदीले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।
२६ वर्षअघि अर्थात विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले आइतबार काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन् ।
आफूले यही स्थानमा निरन्तर २६ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै उनले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएकोे बताइन् ।
अञ्जली दिदीले निरन्तर आफूसँग तिहारका टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी थिइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस