सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा, हाल १८ लाख श्रमिक सूचीकृत
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १६:५५:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोष उपलब्ध गराउने सेवाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोषको उपचार सेवा विस्तार गर्ने घोषणा गरेका हुन् ।
कोषले योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । अब भने १० लाख रुपैयासम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्ने छ ।
अहिले औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत विस्तार भएको छ । कोषले आफ्नो योगदानकर्ताका लागि विभिन्न सुविधा दिँदै आएको छ । त्यसमध्ये प्रधानमन्त्री ओलीले दुई सुविधा घोषणा गरेका हुन् ।
सामाजिक सुरक्षा कोषमा १८ लाख श्रमिक सूचीकृत
सामाजिक सुरक्षा कोषमा हालसम्म १८ लाख श्रमिक सूचीकृत भएका छन्। सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१,वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक आवद्ध भएको कोषले जनाएको छ।
७ औं सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सोबारे जानकारी गराएका हुन्। उनका अनुसार कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरेको छ ।
कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न योजनाअन्तर्गत ११ अर्ब ६२ करोड भुक्तानी गरेको छ । कोषमा योगदान रकम ६८ अर्ब ६८ करोड सङ्कलन भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस