धरहरा चढ्ने सर्वसाधारणबाट एक सातामै झण्डै १५ लाख रूपैयाँ उठ्याे
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर सोमबार, २०८१ | १७:१८:०० मा प्रकाशित

काठमाडौं । ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आइतबारदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट आजसम्म १४ लाखभन्दा बढी राजस्व संकलन भएको कामु आयोजना निर्देशक प्रकाश अर्यालले जानकारी दिए।
उनका अनुसार दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए। बुधबार भने बन्द रहनेछ। बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। ९ गतेदेखि हालसम्म ८ हजार ३१६ जनाले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’उनले भने।
धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउनेछन्। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ। धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ। यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० निर्धारण गरिएको बताइएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक यस्ताे रह्याे
- माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
- नेप्से परिसूचक स्थिर, ५ अर्ब ९४ करोडकाे काराेबार
- समयमै बजेट ल्याउन नसक्ने यी ३९ स्थानीय तह
- पाँच महानगरपालिकाले ल्याए बजेट, काठमाडाैंकाे आएन
- प्रतिनिधिसभाबाट बजेट पारित
- घटबढ घटबढ भएकाे नेप्से अन्तिममा २६ सय अंकमा
- सरकारकाे तथ्याँकमा कति छन् नेपालमा बेराेजगारी ?
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
प्रतिकृया दिनुहोस