शेयरबजार : ४५ अंकले बढ्याे नेप्से, ५ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | १५:११:०० मा प्रकाशित

काठमाडौं । पाँच कारोबार दिन निरन्तर घटेपछि बुधबार शेयर बजारमा हरियाली देखिएको छ । गत साताको बुधबारदेखि निरन्तर घट्दै गएर पाँच कारोबार दिनमा १०५.९९ अंकले घटेको नेप्से परिसूचक आज ४५.८८ अंकले बढ्यो ।
यसदिन दुई हजार ७१५.७१ बिन्दुमा बजार बन्द भएको छ । अघिल्लो बुधबारदेखि निरन्तर घट्दै गएको नेप्से परिसूचक मंगलबारसम्म दुई हजार ६६९.८२ अंकमा झरेको थियो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो ।
२११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । नेप्सेको तुलनामा बैंकिङ सेक्टर दोब्बरले बढेको हो । पूँजीकरणका आधारमा बैंकिङ सेक्टर सबैभन्दा शक्तिशाली रहेकाले यसको प्रभाव बढी पर्दछ ।
न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ तथा उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।
आज सेन्सेटिभ इन्डेक्स ९.७५, फ्लट इन्डेक्स ३.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स ३.३८ अंकले बढेको छ भने म्युचुअल फण्डबाहेक १२ उपसमूहको शेयर बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस