राजनीति
भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
- गाउँ सहर संवाददाता
- १७ पौष बुधबार, २०८१ | १५:५१:०० मा प्रकाशित

काठमाडाैँ। नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका छन्।
बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको घोषणा गरेका हुन्।
पार्टी भने पछि मात्रै घोषणा गर्ने उनले जानकारी गराएका छन्। जागरणमार्फत देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ।
उनले पार्टी बन्दा देशभक्त र वैकल्पिक शक्तिहरूसँग एकता हुने बताए। वैकल्पिक शक्ति अपरिहार्य बनेको उल्लेख गर्दै उनले भने, 'आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिविम्बित गर्छ भन्ने ठानेको छु। अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस