काठमाडौं । नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले रजत पदक जितेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको थियो ।
सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम अपराजित रहँदै फाइनल पुगेको थियो । खो खोको महारथी भारतले आफ्नो प्रभुत्व कायम राख्दै उपाधि जित्यो ।
यो फाइनल पनि नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पुनरावृत्ति भएको छ । भारतले १७–५ स्कोरले नेपाललाई हराएर सागको स्वर्ण जितेको थियो ।
यद्यपि कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो अवसर हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस