शाली नदी मेलामा भक्तजनको भीड (फाेटाेकथा)
- गाउँ सहर संवाददाता
- १९ माघ शनिबार, २०८१ | १०:४७:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । एक महीनासम्म चल्ने स्वस्थानी व्रत पूजा माघ शुक्ल पूर्णिमामा सम्पन्न हुनेछ । यो व्रतमा बिहान माघ स्नान गरी महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको शाली नदीमा स्वस्थानी व्रतका बेला विशेष पूजा र घुइँचो हुने गर्छ ।
श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्राह्मणीकी पुत्र नवराज राजाले राज्य गरेको प्राचीन नगर लावण्य देश साँखु बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिना सम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।
सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ ।
एक महिना पछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
ग्रन्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।
शाली नदी पुग्नको लागि श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्र्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनीक यातायातका साधन पाउन सकिन्छ ।
यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिडेर समेत पुग्न सकिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस