स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, हेर्नुस् कहिले के ?
- गाउँ सहर संवाददाता
- १० फाल्गुण शनिबार, २०८१ | १९:५२:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक भएको छ । आगामी ५ चैतमा हुने चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ ।
२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक यस्ताे रह्याे
- माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
- नेप्से परिसूचक स्थिर, ५ अर्ब ९४ करोडकाे काराेबार
- समयमै बजेट ल्याउन नसक्ने यी ३९ स्थानीय तह
- पाँच महानगरपालिकाले ल्याए बजेट, काठमाडाैंकाे आएन
- प्रतिनिधिसभाबाट बजेट पारित
- घटबढ घटबढ भएकाे नेप्से अन्तिममा २६ सय अंकमा
- सरकारकाे तथ्याँकमा कति छन् नेपालमा बेराेजगारी ?
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
प्रतिकृया दिनुहोस