थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- गाउँ सहर संवाददाता
- ३ जेठ शनिबार, २०८२ | ०९:०९:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न अध्ययन संस्थान तथा सङ्कायहरूमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेस्टर प्रणाली अन्तर्गतका कार्यक्रमहरूमा अध्ययन पुरा गरी परीक्षा समेत उत्तीर्ण गरिसकेका तर शोधपत्र (थेसिस) बुझाउन बाँकी रहेका विद्यार्थीहरूलाई अन्तिम मौका दिने भएको छ ।
परीक्षा उत्तीर्णलाई २०८२ पौष महिनाभित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरूको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिनाभित्र थेसिस बुझाउन सक्ने गरी अन्तिम एक पटकका लागि अवसर उपलब्ध गराउन स्वीकृति दिइएको हो ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
- नेदरल्याण्ड्समाथि नेपालकाे दाेस्राे जित
- एनटिसीकाे प्रवक्तामा मानन्धर नियुक्त
- कास्कीका गणित शिक्षकहरूलाई प्रशिक्षण
- १० महिनामा साढे १३ खर्ब रेमिट्यान्स भित्रियो
- विश्वकप लिग–२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने
- जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !
प्रतिकृया दिनुहोस