प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- गाउँ सहर संवाददाता
- ४ जेठ आइतबार, २०८२ | ०७:००:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ ।
आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ ।
यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नुहुने छ । छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
- नेदरल्याण्ड्समाथि नेपालकाे दाेस्राे जित
- एनटिसीकाे प्रवक्तामा मानन्धर नियुक्त
- कास्कीका गणित शिक्षकहरूलाई प्रशिक्षण
- १० महिनामा साढे १३ खर्ब रेमिट्यान्स भित्रियो
- विश्वकप लिग–२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने
- जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !
प्रतिकृया दिनुहोस