सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी
- गाउँ सहर संवाददाता
- ५ जेठ सोमबार, २०८२ | १५:२३:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले आरआईएससी र एचसीआई सर्भर खरिद प्रक्रियामा ठूलो रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन रहेका छन् ।
मुद्दा दायर गरिएका प्रत्येकसँग पाँच करोड ७९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसनिङ अफ आरआईएससी एन्ड एससीआई सर्भर’ खरिद सन्देहपूर्ण रहेको भन्दै उजुर परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेस गरेको बोलपत्रमा मिलेमतोमा पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार भएको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजारमा देखियाे उछाल, दुई प्रतिशतले वृद्धि
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने
- निर्णयानुसार माग पूरा नभए आंशिक प्राध्यापकले ९ गतेदेखि त्रिचन्द्र बन्द गर्ने
- सेयर बजार आज बढेर बन्द, ७ अर्ब १३ करोडको कारोबार
- प्रभु बैंकका ग्राहकलाई इला होटल र मौलाकाली केबलकारमा छुट
- यस्ताे छ नेपाल टेलिकमको ९ महिनाको आम्दानी
- युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा प्रवेश
- प्रतिनिधिसभाकाे बैठकमा भइरहेका यस्ता छलफल (प्रत्यक्ष प्रसारण)
प्रतिकृया दिनुहोस