शेयरबजारमा देखियाे उछाल, दुई प्रतिशतले वृद्धि
- गाउँ सहर संवाददाता
- ६ जेठ मंगलबार, २०८२ | १५:३१:०० मा प्रकाशित

काठमाडौं । सेयर बजार मंगलबार भने ५३ अंक अर्थात् २.०१ प्रतिशतले बढेर २६८१.३६ विन्दुमा पुगेको हो । गभर्नर नियुक्तीको चर्चाले सेयर बजारमा चमक आएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर आजै नियुक्ति हुने सम्भावनासहितका खबरहरु बाहिरिएपछि शेयर लगानीकर्ताहरु हौसिएका छन् । गभर्नर नियुक्तिको बिषयलाई शेयर बजारका खेलाडिहरुले बजारको उतारचढाबको हतियार बनाउँदै आएका थिए । बजार खुलेको मध्यान्तरसम्म सामान्य अवस्था रहेको नेप्से गभर्नर नियुक्तिका खबरहरु आउन थालेपछि तिब्र रुपमा बढ्न थालेको हो । पछिल्लो डेढ घण्टामा सकारात्मक लय समातेको नेप्से ५३ अंक माथि उक्लिएर बन्द भएको छ ।
मंगलबार नेप्सेमा कुल ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोकारमा आएकामध्ये २२९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
मंगलबार सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन विकास बैंक र राप्ती हाइड्रो एन्ड जेनेरल कन्ट्रक्सनको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।
मंगलबार बैंकिङ समूहमा १.९१ प्रतिशत, विकास बैंकमा २.९५ प्रतिशत, फाइनान्स समूहमा २.४४ प्रतिशत, होटल तथा पर्यटन समूहमा ३.४२ प्रतिशत र जलविद्युत् समूहमा २.४५ प्रतिशतको सुधार देखिएको छ ।
यस्तै, लगानी समूहमा २.३३ प्रतिशत, जीवन बिमा समूहमा १.३२ प्रतिशत, उत्पादन समूहमा १.८९ प्रतिशत, लघुवित्त समूहमा १.१३ प्रतिशत, निर्जीवन बिमा समूहमा १.७४ प्रतिशत र व्यापार समूहमा १.४९ प्रतिशतको वृद्धि भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने
- निर्णयानुसार माग पूरा नभए आंशिक प्राध्यापकले ९ गतेदेखि त्रिचन्द्र बन्द गर्ने
- सेयर बजार आज बढेर बन्द, ७ अर्ब १३ करोडको कारोबार
- सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी
- प्रभु बैंकका ग्राहकलाई इला होटल र मौलाकाली केबलकारमा छुट
- यस्ताे छ नेपाल टेलिकमको ९ महिनाको आम्दानी
- युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा प्रवेश
- प्रतिनिधिसभाकाे बैठकमा भइरहेका यस्ता छलफल (प्रत्यक्ष प्रसारण)
प्रतिकृया दिनुहोस