काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, विष्णु जोशीले पाए जिम्मेवारी
- २० जेठ मंगलबार, २०८२ | १७:५८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । पाण्डेकाे ठाउँमा नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले जिम्मेवारी पाएका छन् ।
राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ ।
पाण्डेले महानगरमा नगरप्रहरी प्रमुखको रुपमा झण्डै साढे ३ वर्ष काम गरे । मेयर बालेन साह निर्वाचित भएर आइपुगेपछि नगरप्रहरी बल प्रमुख मेयरले धनपति सापकोटाको जिम्मेवारी पाण्डेलाई दिएका दिए ।
२०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे २०७७ मा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए ।
प्रतिकृया दिनुहोस