गाउँ सहर
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- गाउँ सहर संवाददाता
- २५ जेठ आइतबार, २०८२ | १५:३०:०० मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगेको छ । मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।
आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।
टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभामुखले पेलेरै अघि बढाए संसद (लाइभ)
- नेपालबाट व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
- बेलिब्रिज खस्दा पाँचथरमा घाइते भएका तीन मजदुरको मृत्यु
- आज ल्याउँदैछन् सातै प्रदेशले वार्षिक बजेट
- संसदमा रास्वपा र राप्रपाकाे बिराेधबीच सञ्चालन (लाइभ)
- राष्ट्रिय सभा बैठकमा छलफल जारी (लाइभ)
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
प्रतिकृया दिनुहोस