कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- गाउँ सहर संवाददाता
- २८ जेठ बुधबार, २०८२ | ०७:३३:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् ।
सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । त्यसैले आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्छ कि गर्दै भन्ने निश्चित छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
प्रतिकृया दिनुहोस